कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्‍यो : अध्यक्ष केसी

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै अध्यक्ष केसीले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरूलाई जोगाउने षड्यन्त्र गरिरहेको बताएका हुन् ।

सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्‍यो : अध्यक्ष केसी

अध्यक्ष केसीले सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि बताए । ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’

अर्थमन्त्री वर्षमान पुनले कांग्रेसको नाराबाजीबीच आर्थिक सर्वेक्षण पेस गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिपक्षीको विरोधबीच सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाएका छन् ।


प्रकाशित : जेष्ठ १३, २०८१ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?