कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
सहकारी ठगी प्रकरण

छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ — सहकारीको रकम अपचलन प्रकरणसम्बन्धी छानबिनका लागि गठन गर्ने संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । 

छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्दै

बैठक आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शनिबारको बैठकमा टुंगो लाग्न नसकेपछि आज बिहान ९ बजे बैठक पुनः बस्न लागेको हो । कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर कार्यादेश बनाउनुपर्ने माग राख्दै आएको छ ।

सत्ता पक्षले भने नाम किटान गरेर समिति बनाउन नसकिने अडान राख्दै आएको छ । कार्यादलको बैठकले शनिवार कम्पनीको नाम किटान गरेर जाने सहमति गरे पनि शीर्ष नेताहरूबाट टुंगो लागिसकेको छैन । आजको बैठकले सबै कार्यादेशको टुंगो लगाई संसदीय छानबिन समिति बनाउने निष्कर्ष निकाल्ने बताइएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?