कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानमन्त्रीलाई एम्नेस्टी इन्टरनेसनलकी महासचिवको प्रश्न - ‘सिरोहियालाई किन थुन्नु भयो ?’ 

काठमाडौँ — नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार भएको शिष्टाचार भेटवार्तामा कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई थुन्नुको कारण सोधेकी थिइन् ।

प्रधानमन्त्रीलाई एम्नेस्टी इन्टरनेसनलकी महासचिवको प्रश्न - ‘सिरोहियालाई किन थुन्नु भयो ?’ 

प्रधानमन्त्री दाहालका एक सल्लाहकारका अनुसार महासचिव कालामार्डले भनिन्, ‘केएमजीका अध्यक्ष सिरोहियालाई किन थुन्नु भयो?’ जवाफमा दाहालले नागरिकताको कारण देखाउँदै २/३ दिनमा अनुसन्धान गरेर हिरासतबाट छुट्ने प्रतिक्रिया दिएका थिए ।

कान्तिपुर दैनिकले सहकारी क्षेत्रमा भइरहेको गडबढी र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे लगातार समाचार छाप्दै आएपछि प्रतिशोध साँध्न कान्तिपुर दैनिकको कार्यालय थापाथलीबाटै मंगलबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि सिरोहियालाई धनुषा पुर्‍याइएको हो ।

प्रधानमन्त्री दाहालले महासविच कालामारलाई भने बुधबार थप तीन दिनको लागि अनुसन्धानमा राख्नको लागि म्याद थप भएको छ । उनीहरुबीच संक्रमणकालीन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको थियो । दाहालले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न नेपाल सधैं प्रयत्नशील रहेको दाबी गरेका थिए ।

नेपालमा लामो समय भइसक्दा समेत संक्रमणकालीन न्यायको विषय टुंगोमा पुग्न सकेको छैन । दाहालले संसद्‌मा विचाराधिन रहेको संक्रमणकालीन न्यायसम्बन्धी मस्यौदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए । दाहालले सन् २००८ मा पहिलो पटक प्रधानमन्त्री हुँदा पनि संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउने बताएका थिए । तर तेस्रो पटक प्रधानमन्त्री हुँदा समेत पीडितहरुलाई केन्द्रमा राखेर काम अघि बढ्न सकेको छैन ।

उक्त अवसरमा महासचिव कालामारले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संक्रमणकालीन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुंगिने विश्वास व्यक्त गरिन् ।

प्रकाशित : जेष्ठ ११, २०८१ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?