कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

'गृहमन्त्रीले सहकारी ठगी गरेको विषय ढाकछोप गर्न प्रेस स्वतन्त्रतामाथि हमला गरियो'

काठमाडौँ — नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरू प्राध्यापक कपिल श्रेष्ठ, विनोदकुमार श्रेष्ठ, केशवानन्द गिरी, भिमसेनदास प्रधानसहितका प्राध्यापकहरूले सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे भइरहेको कार्यलाई ढाकछोप तथा विषयान्तर गर्नको लागि प्रेस स्वतन्त्रतामाथि हमला गरिएको  भन्दै आपत्ति जनाएका छन् ।

'गृहमन्त्रीले सहकारी ठगी गरेको विषय ढाकछोप गर्न प्रेस स्वतन्त्रतामाथि हमला गरियो'

कान्तिपुर मिडिया ग्रुप का अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरिएको घट्नाप्रति आपत्ति जनाउँदै ९ जना प्राध्यापकहरूले गिरफ्तारीको भर्त्सना गरेका छ न् ।

'नेपालको लोकतान्त्रिक आन्दोलनमा बौद्धिक समुदायले खेलेको भूमlकालाई राज्यको चौथो अंग सञ्चार जगत्ले पुऱ्याएको सहयोगलाई सम्मान गर्दै प्रेस स्वतन्त्रता, मानव अधिकार, कानुनी राज्य र लोकतन्त्रको उपहास हुनेगरी गरिएको उक्त गिरफ्तारीप्रति घोर भर्त्सना गर्दछौं' प्राध्यापकहरुले भनेका छन्,'हाल संसदमा सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे भइरहेको कार्यलाई ढाकछोप तथा विषयान्तर गर्नको लागि प्रेस स्वतन्त्रतामाथि हमला गरिएको यस घट्नाप्रति हाम्रो गम्भीर आपत्ति छ ।'

प्रकाशित : जेष्ठ ९, २०८१ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?