कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

इलाम-२ उपनिर्वाचन : सुहाङ खड्काभन्दा ६ हजार ५ सय मतले अगाडि

इलाम — प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एमालेका सुहाङ नेम्वाङले २० हजार ५ सय ९६ मत पाएका छन् ।

इलाम-२ उपनिर्वाचन : सुहाङ खड्काभन्दा ६ हजार ५ सय मतले अगाडि

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्वरबहादुर खड्काले १३ हजार ९९० पाएका छन् । खड्काको भन्दा नेम्वाङको मत ६ हजार ५ सय ७९ बढी हो ।

अहिले इलाम नगरपालिकाको मत गणना जारी छ । इलाम नगरमा ११ वटा वडा छन् । आज रातमरीमा गणना सकेर मंगलवार चाँडै अन्तिम मत परिणाम सार्वजनिक गर्ने योजनाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट काम भइरहेको छ ।

तेश्रो स्थानमा पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह थेगिम छन् । उनको ९ हजार ६ सय ५९ मत छ । थेगिमलाई पछ्याइरहेका रास्वपाका मिलन लिम्वुले ३ हजार ४ सय ५० मत पाएका छन् ।

अहिलेसम्म करिव ५० हजार मत गणना भएको छ ।

प्रकाशित : वैशाख १७, २०८१ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?