कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मानव अधिकार आयोगको सचिवमा खरेल नियुक्त, अधिकारी र शर्मा सचिवमा बढुवा

काठमाडौँ — सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिसमा खरेललाई आयोगको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मानव अधिकार आयोगको सचिवमा खरेल नियुक्त, अधिकारी र शर्मा सचिवमा बढुवा

बैठकले लेखापरीक्षण सेवातर्फ बैकुण्ठबहादुर अधिकारी र प्रशासन समूहतर्फ केदारनाथ शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयका अनुसार बिहीबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम प्रदेश सचिवकोरुपमा तोक्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ ।


प्रकाशित : वैशाख ६, २०८१ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×