कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिराखेको छ : अध्यक्ष ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीहरूसँग संघीय संसद् भवनमा कुराकानी गर्दै अध्यक्ष ओलीले संसद्को चालु अधिवेशन अन्त्य हुनु भने स्वाभाविक रहेको बताए ।

कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिराखेको छ : अध्यक्ष ओली

कांग्रेसले सरकारबाट बाहिरिनुको पीडा संसद्मा व्यक्त गरिरहेको ओलीको भनाइ थियो । संसदीय प्रणालीलाई असर पर्ने कार्य गर्न नहुने पनि उनले बताए । 'कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ, यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नर्म्स, भ्यालुज कसरी अगाडी बढ्ने भन्नेकुराको सीमा हुन्छ,' उनले भने, 'हाम्रा पुराना अनुभव लिएर चल्नु परेन ? उहाँहरू तर्कमा आउनुहुन्न, ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरूले सच्याउनुपर्छ ।'

कांग्रेसले संसद्मा देखाएको उत्तेजना र आवेश भएको ओलीको भनाइ थियो । 'यसमा आवेश, उत्तेजनाको काम छैन । जनतालाई त्यति साह्रो परेको छैन । जति कांग्रेसलाई परेको छ । कांग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको हो । संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्छ,’ उनले भने ।

बजेट अधिवेशन बोलाउनुपर्ने भएकाले चालु अधिवेशन अन्त्यको समय भइसकेको ओलीको भनाइ थियो । 'अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरु, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरूको तयारी छलफल अनि यो अल्झिएर मात्रै बस्नेकुरा त भएन,' उनले भने, 'अहिले ठिकै हो । यतिबेला बन्द हुनै पर्थ्यो हिउँदे अधिवेशन र अब बजेट अधिवेशन सुरु हुनैपर्छ । १५ दिनको ग्याप राख्नैपर्छ कमसेकम । गर्दा वैशाखको १८, २० यसै जाने भयो । जेठ १५ गते त फेरि कुनै अलमल बिना बजेट प्रश्तुत गर्नुपर्छ । त्यो भन्दा अगाडी नीति, कार्यक्रम पास गर्नुपर्छ ।'

अध्यक्ष ओलीले प्रतिनिधिसभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यान नदिएको बताए । अहिलेको सरकारले विधेयक अगाडि बढाउन समय नपाएको धारणा राखे ।

प्रकाशित : वैशाख २, २०८१ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×