कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

ऊर्जा उत्पादनमा हुने ग्यापको परिपूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछ : मन्त्री बस्नेत

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चार गुणा कम ऊर्जा उत्पादन हुने र खपत चाँहि उही अनुपातमा हुने हुँदा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताएका छन् । 

ऊर्जा उत्पादनमा हुने ग्यापको परिपूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछ : मन्त्री बस्नेत

आइतबार प्रतिनिधि सभाको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एसए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

उनले नेपालमा ऊर्जा खपतको प्रकृति सुख्खायाम र वर्षायाममा एकै प्रकारको हुने भएपनि उत्पादन भने सुख्खा याममा चारगुणा कम हुने गरेको बताए । ‘विश्वव्यापी रुपमा जलवायु परिवर्तनको प्रभावले सिर्जना गरेका जे-चुनौतीहरु छन्, ती चुनौतीलाई सामना गर्नका लागि क्लिन इनर्जीको क्षेत्रमा बढी काम गर्नुपर्ने आवश्यकता छँदैछ । त्यसको निम्ति अन्तर्राष्ट्रिय स्तरबाट नै यसमा काम गर्नुपर्नेछ,' उनले भने, 'बाह्रै महिना हाम्रो ऊर्जा खपतको प्रकृति र प्रवृत्ति समान खालको छ । उत्पानको प्रकृति हेर्दा विशिष्ट छ । वर्षायाम र सुख्खा याममा ग्याप छ । चार गुणाको अन्तर छ । जसको प्रभाव र परिणाम वर्षा याममा बढी हुने भइराखेको छ । सुख्खायाममा आयात गर्नुपर्ने अवस्था भइराखेको छ ।'

उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा हालसम्म ११८ वटा राष्ट्रले करार सम्झौतामा हस्ताक्षर गरेका र ९७ राष्ट्रहरुले अनुमोदन समेत गरिसकेका जानकारी गराए ।

प्रकाशित : चैत्र १८, २०८० १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×