कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लुम्बिनी सरकारका विवादित कामको जवाफ माग्ने एमाले संसदीय दलको निर्णय

घनश्याम गौतम

बुटवल — नेकपा एमाले संसदीय दलको बैठकले सरकारका विवादित काम र निर्णयको जवाफ माग्ने निर्णय गरेको छ । 

लुम्बिनी सरकारका विवादित कामको जवाफ माग्ने एमाले संसदीय दलको निर्णय

दाङको भालुबाङमा शुक्रबार बसेको बैठकले सरकारको ध्यानाकर्षण गराउँदै विगतका सहमति कार्यान्वयन गर्न दोस्रो पटक आग्रह गरेको हो । बैठकले सरकारका विवादित निर्णय र कामका विषयमा ध्यानाकर्षण गराउँदै लुम्बिनीमा हुन लागेको चौथो बालबालिका, विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय लोरेट एण्ड लिडर्स शिखर सम्मेलनको विषयमा पनि जानकारी माग गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार बैठकमा सांसदहरूले बजेट विनियोजन, कार्यान्वयनदेखि प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति कार्यान्वयनमा वर्तमान सरकारले उदासिनता देखाएको भन्दै दलका तर्फबाट जवाफ माग्नुपर्नेमा जोड दिएका थिए ।

एमालेले सरकारको कार्यशैली, बजेट कार्यान्वयन, संसदीय समितिको नेतृत्वदेखि विदेश भ्रमणका विषयलाई समेत एमालेका प्रदेशसभा सदस्यले बैठकमा छलफलमा ल्याएका थिए ।

शुक्रबारदेखि सुरु भएको प्रदेशसभा बैठकमा सांसदहरूलाई व्यवस्थित र तथ्यपूर्ण तरिकाले विषयवस्तु उठान गर्न, सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न, विषयकेन्द्रित रहेर आफ्ना विचार प्रस्तुत गर्न दलका नेता लीला गिरीले सदस्यलाई निर्देशन दिएका थिए ।

सरकारलाई प्रमुख प्रतिपक्षी दलले रचनात्मक सहयोग, सहकार्य गरेको र सालिनता प्रदर्शन गरिरहेका बेलामा सरकारले भने मनपरी र विवादास्पद ढंगले अगाडि बढेको भन्दै त्यसको प्रतिवाद गर्ने र चित्तबुझ्दो जवाफ नदिए प्रदेशसभा बैठक अवरुद्ध गर्नेसम्मको निर्णय लिन सक्ने प्रमुख सचेतक चौधरीले बताए ।

लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक शुक्रबार ५ मिनेट १७ सेकेण्ड बसेर स्थगित भएको थियो । शनिबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : फाल्गुन १८, २०८० २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×