कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सरकारले लहडमा टिकटक बन्द गर्‍यो, यसरी लोकतन्त्र संस्थागत हुन सक्दैन : प्रमुख सचेतक गिरी

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रलाई संस्थागत गर्नेमा मद्दत नपुग्ने बताएका छन् । उनले सरकारले केही महिनाअघि लहडमा टिकटक बन्द गर्ने निर्णय गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै न कुनैरुपमा प्रतिबन्ध लगाएको आरोप लगाए । 

सरकारले लहडमा टिकटक बन्द गर्‍यो, यसरी लोकतन्त्र संस्थागत हुन सक्दैन : प्रमुख सचेतक गिरी

शनिबार काठमाडौंमा भएको सूचना चलखेल र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख सचेतक गिरीले कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गरे ।

उनले नियमन र निगरानीको बाटो हुँदाहुँदै सीधा बन्द गर्ने निर्णय लिनुलाई जायज मान्न नसकिने दाबी गरे । उनले सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने बताए ।

‘चाहे पत्रकार होस् वा नेता, चाहे कर्मचारी हुन् वा जुनसुकै क्षेत्रका मानिस हुन् । प्रत्येक नागरिकले आफूले केही कुरा बोल्छ र लेख्छ भने त्यस कुराप्रति आफैँ जवाफदेही हुनैपर्छ,' उनले भने, 'जवाफदेही नहुनु भनेको लोकतन्त्र हो भन्ने बुझाइ हुनु सही होइन । हामीले आफूले गरेका काम र कर्तव्यप्रति सम्पूर्ण रुपले जवाफदेही बन्नैपर्छ ।'

उनले लोकतान्त्रिक सरकारले जनताले रुचाएको विषयमा नियमन र निगरानीमार्फत् समाधान खोज्नुपर्ने तर प्रतिबन्ध लगाउन नमिल्ने बताए ।

प्रकाशित : फाल्गुन १२, २०८० १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×