कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

'ताइवान चीनको हो' भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति डग्मगाउँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले 'एक चीन नीति' मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् । 

'ताइवान चीनको हो' भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति डग्मगाउँदैन : प्रधानमन्त्री दाहाल

तीन दिने युगान्डा भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ताइवानलाई नेपालले सुरुदेखि नै चीनको अंगका रूपमा हेर्दै आएको बताएका हुन् । उनले 'ताइवान चीनको हो' भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने दाबी गरे ।

‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो । ताइवानको विषयमा नेपालको सुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको शुरुदेखि नै रही आएको छ । त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ,’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे ।

प्रकाशित : माघ ७, २०८० १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×