कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एमालेको 'मिसन-०८४' एकल बहुमतको सरकार : ओली

न्युज एजेन्सी नेपाल

काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताएका हुन्। 

एमालेको 'मिसन-०८४' एकल बहुमतको सरकार : ओली

जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे उक्त मिसन असम्भव नरहेको ओलीको भनाइ छ । उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताए ।

‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार,' उनले भने ।

कांग्रेसले आफूलाई अद्यावधिक गर्न नसकेको पनि अध्यक्ष ओलीको आरोप छ । 'आफूलाई अध्यावधिक गर्न सकेन भने बूढो हुन्छ । हामी नेपाली कांग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बूढो हुन्छ भन्दा नेपाली कांग्रेस जसरी । त्यो देखिएको छ । नेपाली कांग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन,'उनले भने । अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।

प्रकाशित : आश्विन २९, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?