कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रधानमन्त्रीको चीन भ्रमणमा 'बीआरआई' अन्तर्गत कुनै ठूलो परियोजनामा सहयोगको प्रस्ताव गरिने

राष्ट्रसंघको महासभामा सम्बोधनपछि दाहाल असोज ४ गते चीन प्रस्थान गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई)अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरुमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए ।

प्रधानमन्त्रीको चीन भ्रमणमा 'बीआरआई' अन्तर्गत कुनै ठूलो परियोजनामा सहयोगको प्रस्ताव गरिने

प्रधानमन्त्री दाहालले मंगलबार बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै चीन भ्रमणका क्रममा हुनसक्ने केही प्रस्तावको बारेमा जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन जान लागेका दाहालले चीनसँग केरुङ र किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको आग्रह गर्ने तयारी भइरहेको जानकारी दिए । त्यस्तै किमाथांका नजिकै हुने गरी कुनै जलविद्युत् परियोजना बनाउने, कृषिमा आधारित लगानी बढाउने लगायतमा विषयमा पनि कुराकानी गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहाल सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनले सेप्टेम्बर १९-२० मा अतिकम विकसित राष्ट्रहरुको बैठकको अध्यक्षता गर्नेछन् ।

सेप्टेम्बर २१ (असोज ४) मा उनी महासभामा सम्बोधन गरेपछि त्यतैबाट चीन प्रस्थान गर्नेछन् ।

प्रकाशित : श्रावण ३०, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?