कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सरकारले प्रतिशोध राखेर कुनै काम गरेको छैन : अर्थमन्त्री महत

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले सरकारले प्रतिशोध राखेर कुनै काम नगर्ने प्रस्ट पारेका छन् । उनले कसैले पनि सरकारलाई त्यस्तो आरोप लगाउनु गलत हुने बताए । 

सरकारले प्रतिशोध राखेर कुनै काम गरेको छैन : अर्थमन्त्री महत

कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अर्थमन्त्री महतले कुनै पनि अपराधमा छानबिन, अनुसन्धान र कारबाही गर्ने निकायहरूले निष्पक्ष ढंगले आफ्नो काम गर्ने दाबी गरे । पछिल्लो समय सांसद सुनिल शर्मालाई प्रतिशोध राखेर पक्राउ गरिएको बारे उठेका प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘सरकार कहिल्यै पनि पूर्वाग्रही हुँदैन, हुनु पनि हुँदैन । अहिले जे विषयहरू उठेका छन्, त्यसबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा रहेको विषयमा मैले पनि धेरै विषय बोल्ने कुरा हुँदैन । तर जो दोषी छ, उसलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने हो ।’

सांसद शर्मालाई पक्राउ गरेका विषयमा सरकारले प्रतिशोध राखेको भन्दै कांग्रेस संसदीय दलको बैठकमै विरोध भइरहेको छ । शर्माले पछिल्लो क्वीन्टल सुन तस्करी प्रकरणमा सरकारका अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको भन्दै राजीनामा माग गर्दै आएका छन् ।

प्रकाशित : श्रावण २८, २०८० १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?