कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्कियो, ४ जना घाइते

काठमाडौँ — वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् । घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते हुनेहरू अस्पतालमा रहेको बिरामीको कुरूवा रहेका छन् । घाइतेमध्ये ३ जना महिला र एक पुरुष रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्कियो, ४ जना घाइते

अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार वीर अस्पतालको मुख्य भवनको पछाडितर्फको सीटीभीएस विभाग रहे तर्फको बरन्डाको पर्खाल भत्किएको हो । बरन्डाको पर्खाल भत्किएर कुरूवा तथा आगन्तुकहरुलाई ओत लाग्न र बस्न बनाइएको छाना माथि खसेको थियो । केही ईंटाका टुक्राहरुले छाना प्वाल परेर तल झरेपछि कुरूवाहरू घाइते भएका हुन् ।

उनका अनुसार सबै घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रकाशित : वैशाख १७, २०८० १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?