२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको छ । त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार मंगलबार पुन: भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेल अस्पताल भर्ना

एक साताअघि मात्रै छातीमा समस्या देखिएपछि पौडेलको शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

सोमबार मात्रै उनी फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका थिए । तर मंगलबार फेरि छातीमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख थपलियाले जानकारी दिए ।

डा. निरज बमको नेतृत्वमा उनको स्वास्थ्य उपचार भइरहेको छ ।

राष्ट्रपति पौडेल डिस्चार्ज

प्रकाशित : वैशाख ५, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?