कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रधानमन्त्रीलाई विश्वासको मतबारे लोसपामा अध्यक्षले निर्णय गर्ने

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्षलाई दिएको छ । 

प्रधानमन्त्रीलाई विश्वासको मतबारे लोसपामा अध्यक्षले निर्णय गर्ने

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयको निर्णय लिने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने तय भएको छ ।

बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने पार्टी संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको लोसपाले जनाएको छ ।

प्रकाशित : पुस २४, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?