कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा प्रशिक्षार्थी डाक्टरको भत्ता बढाउने सहमति

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत प्रशिक्षार्थी (इन्टर्न) डाक्टर र व्यवस्थापनबीच सोमबार ११ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै उनीहरू ड्युटीमा फर्किएका छन् ।

बीपी प्रतिष्ठानमा प्रशिक्षार्थी डाक्टरको भत्ता बढाउने सहमति

इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीका अनुसार प्रशिक्षार्थीहरूले सरकारको आठौं तहसरह ५० प्रतिशत भत्ता पाउनुपर्ने मागमा सहमति जुटेकाले आन्दोलन रोकिएको हो । प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानले जीवन निर्वाह भत्ताका रूपमा मासिक १५ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको थियो । वार्तापछि १८ हजार ५ सय रुपैयाँ दिने सहमति भएको जैसीले बताए ।

‘प्रतिष्ठानका पदाधिकारीसहित व्यवस्थापन पक्षसँग भएको यो सहमति इन्टर्नसिप सुरु भएकै मितिदेखि लागु हुने र आगामी दिनमा शिक्षक–कर्मचारीको तलब वृद्धि हुँदा इन्टर्नहरूको जीवन निर्वाह भत्ता पनि कार्यकारिणी समितिले उचित मूल्यांकन गरेर वृद्धि गर्ने सहमति भएको छ,’ उनले भने । प्रतिष्ठानमा २ सय जना प्रशिक्षार्थी प्रशिक्षक छन् ।

प्रकाशित : मंसिर १५, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?