कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा क्षमताअनुसार पीसीआर परीक्षण भएन

क्षमता सयजनाको, स्वाब नमूना संकलन न्यून
प्रदीप मेन्याङ्बो

सुनसरी — चिकित्सकहरुले कोरोना संक्रमित पहिचान गर्न बढीभन्दा बढी परीक्षण गर्नुपर्नेर्मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने जति स्वावको नमूना आउन सकेको छैन ।

बीपी प्रतिष्ठानमा क्षमताअनुसार पीसीआर परीक्षण भएन

प्रतिष्ठानमा भाइरल सेफ्टी क्याविन जडान गरेर पोलिमरेज चेन रिएक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको तीनसाता यता २ सय ३५ जनाको मात्र स्वावको नमूना आएको चिकित्सकले बताएका छन् ।

तीमध्ये शनिबारसम्ममा गरिएको परीक्षणमा २ सय १९ जनाको रिपोर्ट नगेटिभ देखिएको छ भने बाँकी १६ जनाको नतिजा आउन बाँकी छ । ती चिकित्सकले भने, ‘अहिले प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको क्षमता एक पटकमा सयजनाको स्वाबको रिपोर्ट दिन सक्ने छ । तर कहिले ३ जनाको आउँछ कहिले ५ जनाको मात्र नमूना आउने गरेका छन् । बढीमा १० जनाको नमूना आउने गरेको छ ।’

प्रतिष्ठानमा रहेको रियल टाइम पीसीआरको क्षमता हुँदा हुँदैपनि नमूना कम आउनुकाकारण शंकास्पद कोरोना संक्रमितको ट्रेसिङ हुन नसक्नु र खोजी कार्यमा सुस्तता भएको चिकित्सकहरुले बताए ।

पछिल्लो समयमा प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित पाइनु तर प्रतिष्ठानमा परीक्षणकालागि कमै मात्रामा नमूना आउन थालेपछि चिकित्सकहरुले पूर्वमा देखिएका संक्रमितहरुले संगत गरेका र घुमे बसेका स्थानका मानिसहरुको खोजीमा तिव्रता नल्याए भयावह हुने चेतावनी दिएका छन् ।

प्रतिष्ठानमा मेडिसिन विभागका प्रमुख प्रा डा संजीव शर्माले भने, ‘उदयपुरको एक मस्जिदमा आएर बसेका भारतीयहरुमा कोरोना देखिएपछि थप सावधानी अपनाउनु ढिला गर्नु हुन्न । ती व्यक्तिहरु र पुर्वमा देखिएका संक्रमितको सम्पर्कमा आएका सवैको खोजी गरेर स्वावको नमूना लिनै पर्ने हुन्छ ।’ प्रतिष्ठानको प्रयोगशालामा २५ जना दक्ष जनशक्ति छ ।

प्रकाशित : वैशाख ६, २०७७ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?