कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँदा सुनसरीमा ६ जनाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — जिल्लाको कोसी गाउँपालिकामा शनिबार राति एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । राति साढे १२ बजेतिर कोसी गाउँपालिकास्थित हरिपुरमा भएको सवारी दुर्घटनामा ६ व्यक्तिको घटनास्थलमै ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालले बताएका छन् ।

शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँदा सुनसरीमा ६ जनाको मृत्यु

मृत्यु हुनेमा त्रियुगा नगरपापलिका उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई र दिनेश राई रहेका छन् । उनीहरु विराटनगरबाट र शिवमाया राईको शव लिएर गाइघाट गइरहेका थिए । मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।


उनीहरु सबै एउटै परिवारका हुन सक्ने प्रहरीले जनाएको छ ।


पूर्वपश्चिम राजमार्गस्थित हरिपुरमा पश्चिम जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स विरजञ्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएको थियो । एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित : मंसिर १५, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?