कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नौलो गणतन्त्रको पक्षमा जनमतको काठमाडौंमा प्रदर्शन

काठमाडौँ — जनमत पार्टीले नौलो गणतन्त्रका लागि काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा मंगलबार भएको प्रदर्शनमा अध्यक्ष सीके राउतले हालको राजनीतिक प्रणालीमा नेतातन्त्र हाबी भएकाले यसको विकल्पमा नौलो गणतन्त्र आवश्यक भएको बताए ।

नौलो गणतन्त्रको पक्षमा जनमतको काठमाडौंमा प्रदर्शन

‘पुँजीवाद र समाजवादका राम्रा पक्षलाइै समेटेर आर्थिक समृद्धिको दिशामा जानुपर्छ,’ उनले सभालाई सम्बोधन गर्दै भने, ‘संसद् चार, पाँच नेताको हातमा छ । राजनीतिमा ट्राफिक जाम देखिएको छ ।’

उनले मुलुकमा पुँजीवादी क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै खुला अर्थतन्त्रलाई प्राथमिकतमा राखेर अघि बढ्ने बताए । जनमतका सचिव बीपी साहले देशभरबाट राजधानी भेला भएका नेता तथा कार्यकर्ताले नयाँ समाजवादी लोकतन्त्रका लागि प्रतिबद्धता जनाए । ‘नयाँ समाजवादी लोकतन्त्रका लागि देशभर अभियान चलाउने निर्णय भएको छ’, उनले भने ।



तस्बिर : दिपक केसी / कान्तिपुर

प्रकाशित : जेष्ठ १५, २०८१ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×