कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडौँ — मूलपानीबाट रत्नपार्क आइरहेको बसले पेप्सीकोलामा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

बा २ प ख ८४११ नम्बरको बसले पेप्सीकोलामा बा ६३ प ४७५६ , बा ६६ प ३३ १९, बा ९३ प ६६० नम्बरका मोटरसाइकल र एउटा स्कुटीलाई ठक्कर दिएको थियो । तीव्र गतिमा मूलपानीबाट जडिबुटीतर्फ गइरहेको बस अनियन्त्रित हुन पुग्दा दुर्घटना भएको थियो ।


बस चालक निरञ्जन राई लाइसेन्सविहीन रहेको प्रहरी अनुमान छ । उनलाई मध्य उपत्यका बस व्यवसायी संघले गाडी चलाउन दिन अस्थायी परिचय पत्र दिएको भेटिएको छ । ।


प्रकाशित : भाद्र १६, २०७५ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?