स्ववियुले गर्यो क्याम्पसमा तालाबन्दी
दैलेख — विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई पटक–पटक ज्ञापन पत्र बुझाएको भएपनि क्याम्पस प्रशासनले माग सुनुवाई नगरेको भन्दै सोमबार नारायण क्याम्पस स्ववियु कमिटिले ताला बन्द गरेको छ ।
जिल्लाकै नमूना क्याम्पसको रुपमा उन्मुख हुँदै गएको नारायण क्याम्पस दैलेखको शैक्षिक अवस्था खस्कदै गएको भन्दै स्ववियू कमिटिले क्याम्पस समक्ष विभिन्न माग राख्दै आएको थियो ।
स्ववियुले क्याम्पस प्रशासन समक्ष १० बुँदे मागसँगै ताला बन्दी गरेको क्याम्पस स्ववियुका सचिव प्रकाश शर्माले बताए । माग पुरा नभएसम्म ताला नखोल्ने चेतावनी समेत दिएको सचिव शर्माले बताए ।
प्रतिक्रिया