अत्यधिक मदिरा सेवनका कारण ३१ वर्षीय कपिल शाहीको मृत्यु भयो । गत हप्ता ४० वर्षीय नारायण शाहीको पनि अधिक मदिरा सेवन गरेकै कारण आगोमा परेर पूरै शरीर जल्यो ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बिहीबार मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
हिमाली जिल्ला हुम्लामा मतदान गरेको ४ दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले सदरमुकाम ल्याउन नसकिएका मतपेटिका बुधबार नै हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको र मतगणनाको सुरुवात गरिने जानकारी दिए ।
हुम्लामा दिउँसो १:३० बजेसम्म ४० दशमलब ६७ प्रतिशत मतदाताले मतदान गरेका छन् । निर्वाचन कार्यालयले जनाए अनुसार अहिलेसम्म हुम्लामा जम्मा १३ हजार ३६३ जनाले मतदान गरिसकेका छन् ।