सुर्खेतमा पाँच किलो अफिमसहित एक जना पक्राउ

असार २६, २०८२

ज्योती कटुवाल

One person was arrested with five kilos of opium in Surkhet

सुर्खेत — सुर्खेत प्रहरीले पाँच किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ। बुधबार भेरीगंगा नगरपालिका–१० स्थित छिन्चुबाट पाँच किलो ४५० ग्राम अफिमसहित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षका जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीका अनुसार अफिमको कारोबार भइरहेको सूचना प्राप्त भएलगत्तै निरन्तर निगरानी र अनुसन्धानपछि यति ठूलो परिमाणमा अफिम बरामद गर्न सफल भएको बताइएको छ। ओसारपसार गर्ने व्यक्ति पक्राउ परे पनि मुख्य व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीसँगको प्रारम्भिक बयानमा पक्राउ परेका बस्नेतले अफिम आफैँ उत्पादन र बिक्रीवितरण गर्ने गरेको बताएका छन्।

प्रहरीले अनुसन्धानका क्रममा बरामद अफिमको प्रारम्भिक मूल्य ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको जनाएको छ। पक्राउ परेका बस्नेतले भने भारतमा पुर्‍याउन सके यसको मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने बताएका छन्।

ज्योती

Link copied successfully