२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

नेपालकै सबैभन्दा छिटो बलरको खोजीमा वर्ल्डलिंक 

काठमाडौँ — इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले 'बिट द स्पीड' अभियानमार्फत नेपालको सबैभन्दा छिटो बलरको खोजी सुरु गरेको छ । यो अभियान क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को सहयोगमा आयोजना गरिएको हो।  

नेपालकै सबैभन्दा छिटो बलरको खोजीमा वर्ल्डलिंक 

'बिट द स्पीड' अभियानअन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी सहरहरूमा कार्यक्रमको आयोजना गरिएको थियो । जसमा दुईहजार भन्दा बढी युवाहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए। पूर्व बिर्तामोड सहरबाट सुरु गरी दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगंज, हेटौडा, काठमाडौँ, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा सकिएको थियो ।

नेपालका १८ सहरहरूमा युवाहरूको उत्साहजनक सहभागिता रहेको यस अभियानबाट उत्कृष्ट सात 'फास्टेस्ट बलर' हरु काठमाडौँमा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । लुम्बिनीबाट प्रदिप जैसवाल (१९), हेटौडाबाट राहुल कुमार यादव (१४), घोराहीबाट आयुष ओली (१७), काठमाडौँबाट मिलन लुइँटेल (२७), बुटवलबाट सन्देश थापा (२१), महेन्द्रनगरबाट रबी दमाई (१५) र धनगढीबाट आयुष द्वारीया (१७) गरी सात प्रतियोगिका रूपमा छानिएका छन्। नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योग, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने जानकारी वर्ल्डलिंकले दिएको छ।

यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरुहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नई स्थित प्रतिष्ठित 'एमआरएफ पेस फाउन्डेसन'मा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने छ। यस प्रतिस्पर्धाको सम्पूर्ण गतिविधिहरु सहितको शृखंला वर्ल्डलिंक कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानल मार्फत प्रसारण गरिनेछ। साथै यसको विजेता घोषणा समेत सोही भिडियो मार्फत गरिनेछ।

प्रकाशित : जेष्ठ ३२, २०८१ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x