२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

नेपाल वित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा ढकाल निर्वाचित

काठमाडौँ — नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा जीवराम ढकाल निर्वाचित भएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा ढकाल निर्वाचित

नेपाली कांग्रेस सम्बद्ध कर्मचारीहरुको सो संगठनको महाधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

३९ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बद्री आचार्य , उपाध्यक्षमा किशन पण्डित , विज्ञान देवकोटा र दिपक ओली , महिला उपाध्यक्षमा रमा पराजुली , मधेशी उपाध्यक्षमा ललन कुमार साह र आदिवासी जनजाति उपाध्यक्षमा सन्दिप श्रेष्ठ‍ निर्वाचन भएका छन् ।

त्यस्तै, महासचिवमा रमेश पौडेल, उपमहासचिवमा सुवास केशी, कोषाध्यक्षमा पदमदत्त जोशी निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित संस्थापनइत्तर पक्षका उम्मेदवार ढकालले १७१ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र विष्टले १२५ मत पाए । हाल नेपाल बैंक लिमिटेडमा करिब तीन हजार कर्मचारी कार्यरत छन् ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x