२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटल आइकावामा १५ प्रतिशत छुट 

काठमाडौँ — ग्लोबल आइएमई बैंक र होटेल आइकावा इनबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटल आइकावा इनका विभिन्न सेवामा विशेष छुट दिने भएको छ । उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका हुन् । 

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटल आइकावामा १५ प्रतिशत छुट 

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

बैंकको देशभर ३५४ शाखा, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x