२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

नबिल डिबेन्चर निष्कासनको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ 

काठमाडौँ — नबिल बैंक लिमिटेडले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

नबिल डिबेन्चर निष्कासनको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ 

यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०८१ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?