कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आईसीटी अवार्डमा १४ विधा, सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ट्रफी

काठमाडौँ — यस वर्षको ‘स्टार्टअप आईसीटी अवार्ड’ पोखराको यार्सा टेकले प्राप्त गरेको छ । लिभिङ विथ आईसीटीले आयोजना गरेको आठौं संस्करणको अवार्डमा डिजिटल गभर्नेन्स विधामा नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अवार्ड जित्यो भने डिजिटल सर्भिसेस आइसीटी अवार्ड तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गर्‍यो ।  

शुक्रबार आयोजित अवार्ड वितरण कार्यक्रममा प्रडक्ट आईसीटी अवार्ड क्यूकआरपीएले प्राप्त गरिरहँदा राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड ब्ल्यांकसरले जितेको थियो । पब्लिक च्वाइस आईसीटी अवार्डको उपाधि ‘मनि मित्र’ ले जित्यो भने दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप आईसीटी अवार्डको उपाधि भुटानको समूह 'मिडियाटेक'ले प्राप्त गरेको थियो ।

पाँच महिनादेखिको छनोट प्रक्रियापश्चात आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको आयोजकले जनाएका छन् । पायोनियर आईसीटी अवार्ड ई-कमर्स सञ्चालक बालकृष्ण जोशीले प्राप्त गरे भने वुमन आइकन आईसीटी अवार्ड सुनैना घिमिरे पाण्डेले प्राप्त गरिन् ।

घिमिरेलाई एनसेलले ३ लाख नगद पुरस्कार दिएको छ । यसैगरी प्रोफेसनल एक्सीलेन्स आईसीटी अवार्ड एनरेनका अध्यक्ष लोचनलाल अमात्यले प्राप्त गर्दा आन्टरप्रेनर्स आईसीटी अवार्ड अनुप शेरचनले प्राप्त गरे । नेपाली डायस्पोरा आईसीटी अवार्ड सुरेश मानन्धरले प्राप्त गरे ।

यस बाहेक सात प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसनबाट सम्मानित भएका छन् ।

प्रकाशित : पुस ९, २०८० १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?