कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आईसीटी अवार्डका ३ विधामा उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यको छनोटका आधारमा बुधबार उत्कृष्ट ५ को घोषणा गरिएको हो ।

आईसीटी अवार्डका ३ विधामा उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन सार्वजनिक 

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपमा भोजमान्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि छन् । प्रडक्ट आईसीटी अवार्डअन्तर्गत उत्कृष्ट ५ प्रडक्टमा डीजी बज, फास्ट बैंकिङ, मनी मित्र, क्यूकआरपीए र यात्री पी–१ छन् । राइजिङ स्टार इन्नोभेसन विधाअन्तर्गत उत्कृष्ट ५ इन्नोभेसनमा ब्लाङ्सेर, ड्रेसन, दृश्य, इन्टर्नसाथी र प्रस्ट नेपाली छन् । आईसीटी अवार्ड २०२३ का यी ३ विधामा २ सयभन्दा बढीको नोमिनेसन प्राप्त भएको जनाइएको छ ।

उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० मा काठमाडौंमा आयोजित स्टार्टअप एन्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए । उनीहरूले असोज २७ मा आयोजित ग्रान्ड जुरी सेसनअन्तर्गत प्रिजेन्टेसन एन्ड स्पिड डेटिङमा पनि प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुति, आइडिया र स्टार्टअपबारे कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो पनि प्रसारण हुने आयोजकले जनाएको छ ।

प्रकाशित : कार्तिक १७, २०८० ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?