कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भेडीकम्बलको प्वाल’ सार्वजनिक

काठमाडौँ — माओवादी पूर्वलडाकु कमान्डर क्षितिज मगरको कथासंग्रह ‘भेडीकम्बलको प्वाल’ राजधानीमा शनिबार सार्वजनिक भएको छ । माओवादी सशस्त्र सुरु हुनुअघि, १० वर्षे युद्ध र शान्ति प्रक्रियामा आइसकेपछि उनले भोगेका र स्मृतिमा रहेका विषयलाई कथामा समेटिएका छन् । माओवादी युद्धमा भएका घटनाक्रमलाई उनले युद्ध साहित्यका रूपमा उतारेका छन् ।

‘भेडीकम्बलको प्वाल’ सार्वजनिक

रोल्पा जेलबाङलाई केन्द्रमा राखिएको पुस्तकमा सकारात्मक र नकारात्मक पाटोबाट हेरिएको छ । युद्धभित्रका प्रेम, मानवीय भावना र युद्धपछिका पक्षलाई समेत उनले कथामा प्रस्तुत गरेका छन् ।

कथामा उत्तरी रोल्पाको स्थानीय रङ आएको छ । कतिपय कथा लडाकु शिविरमा रहेकै अवस्थामा लेखिएको मगरले बताए । १८ कथाले माओवादी युद्ध सुरु गर्दाको अवस्था, युद्धको तापराप र माओवादी शान्ति प्रक्रियापछिको यथार्थलाई देखाएका छन् । यसअघि प्रकाशित उनको 'सुनछहरीको ऐना'मा पनि युद्धका कथा छन् ।


प्रकाशित : माघ ७, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?