२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चितवनकाे अग्लाे चुचुराे सपराइचुलीमा साहित्यिक जमघट

चितवन — जिल्लाकाे सबैभन्दा अग्लाे पहाड एक हजार ९४५ मिटर उचाइकाे सिराइचुलीमा शनिबार साहित्यकारहरूकाे जमघट भएकाे छ । नयाँ वर्षकाे अवसर पारेर इच्छाकामना गाउँपालिका कुरिनटारकाे साहित्यिक संस्था इच्छाकामना सााहित्य प्रवाहले रचना वाचन कार्यक्रम सम्पन्न गरेकाे हाे ।

चितवनकाे अग्लाे चुचुराे सपराइचुलीमा साहित्यिक जमघट

सिराइचुली इच्छाकामना गाउँपालिकाकाे वडा नम्बर १ मा पर्छ । यहाँबाट सुर्याेदय र हिमश्रृङ्खलाकाे मनाेरम दृश्य देखिन्छ । अचेल डाँडा पाखाभरी गुराँस पनि फुलेकाे छ ।

'धेरै पर आकाशमा घामकाे राताे डल्लाे,

हेर्दा साह्रै राम्राे लाग्ने हेरिरहुँ जस्ताे'

सिराइचुलीबाट देखिने दृश्यलाई कवितामा यसरी उतारेर संस्थाका उपाध्यक्ष रामनाथ त्रिपाठीले कार्यक्रममा सुनाए । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार भुपिन खड्काले कार्यक्रममा 'विश्व सुन्दरी' र '१३ सय ग्राम मस्तिष्क' शीर्षकका दुईवटा कविता सुनाए ।

कार्यक्रमका विशिष्ट अतिथि कवि अनिल श्रेष्ठले 'सासंदकाे रूघा' शीर्षककाे कविता सुनाए । तनहुँ आँबुखैरहनी घर भएका कवि श्रेष्ठले तनहुँकाे आँबु, छिम्केश्वरी र गाेरखाकाे सहिद लखन गाउँपालिकाका साहित्यकार र इच्छाकामना क्षेेत्रका साहित्यकार मिलेर काम गरेर यस क्षेत्रकाे साहित्य विकासमा प्रभावकारी काम हुने धारणा राखे ।

इच्छामना कामना साहित्य प्रवाहले नयाँ वर्षकाे अघिल्लाे साँझ शुक्रबार हात्तीबाङमा 'गजल साँझ' आयाेजना गरेकाे थियाे ।

'तिम्राे रूपकाे गुणगान प्रिय गाउँनै सकिएन ।

तिम्राे महल धेरै टाढा धाउँनै सकिएन ।'

हात्तीबाङका माधव गिरीकाे याे गजलबाट कार्यक्रम अगाडि बढेकाे थियाे । बिजुली गडबडीले बत्ती भरपर्दाे नभएका कारण माेबाइल फाेनकाे टर्च लाइट बालेर गजल वाचन चलेकाे थियाे ।

इच्छाकामनाकाे पहाडी क्षेत्रमा धार्मिक, चेपाङ जातीय साँस्कृतिक, एतिहासिक गढी किल्ला र मनाेरम प्राकृतिक दृश्य देख्न पाइने सिराइचुली जस्ता पर्यटकीय क्षेत्रहरू प्रशस्त छन् । तिनै क्षेत्रकाे उजागार गर्न र साहित्य विकासमा टेवा दिन संस्थाले हरेक वडामा पालाे मिलाएर कार्यक्रमहरू गर्ने याेजना बनाएकाे र त्यसकाे सुरूवात १ नम्बर वडाकाे सिराइचुलीबाट गरेकाे संस्थाका अध्यक्ष एकराज शर्मा पाेखरेलले बताए ।

प्रकाशित : वैशाख १, २०८१ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?