कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाबारे अध्ययन गर्न क्यामेरा ट्य्राप जडान 

काठमाडौँ — शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान सुरु भएको छ।  त्रिभुवन विश्वबिद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापा मगरले चितुवाको संख्या र तिनीहरुको गतिविधिबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागेका हुन् । 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाबारे अध्ययन गर्न क्यामेरा ट्य्राप जडान 

प्रत्येक १X१ वर्ग किलोमिटरको ग्रिडमा १ जोडी क्यामरा राखी अध्ययन गर्ने योजना रहेकोमा हाल २६ स्थानमा २६ जोडी क्यामेरा राखिएको छ । झन्डै असारसम्म चल्ने यो अध्ययनमा करिब ७० स्थानमा ७० जोडी क्यामेरा राखिनेछन् ।

प्रत्येक क्यामेरा कम्तीमा २१ दिनसम्म राखिने छ । यो अध्ययनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको संख्या, आनीबानी र गतिविधिबारे जानकारी प्राप्त हुनेछ । पछिल्लो समय नेपालमा मानव र चितुवाबीचको द्वन्द्व बढ्दै गइरहेको हुँदा यस अध्ययनले चितुवाको आनिबानी र अनुमानित संख्याबारे जानकारी राखी मानव-चितुवाबीचको द्वन्द्व कम गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ।

उक्त अध्ययनको सुपरीवेक्षण त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक डा. हरिप्रसाद शर्मा, डा. केदार बराल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश) र डा. नरेश सुवेदी (राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटार, ललितपुर) ले गर्दैछन् भने अनुसन्धान सहयोगीका रूपमा रामजी गौतम , शिविश भण्डारी, विमलराज श्रेष्ठ, र सूर्य देवकोटा छन् ।

प्रकाशित : वैशाख १९, २०८१ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?