कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मलाहरु

कविता
सीताराम सिपखान

काठमाडौँ — मानौं, यो फिल्म हल हो
दर्शक खचाखच भरिएका छन्
फिल्म चलिरहेछ
जोडी–जोडी नवविवाहितहरु
मन्दिरमन्दिर चहार्दै
छोरो मागिरहेछन्

निर्मलाहरु

मानौं, यो फिल्म हल हो
दर्शक खचाखच भरिएका छन्
फिल्म चलिरहेछ
जोडी–जोडी नवविवाहितहरु
मन्दिरमन्दिर चहार्दै
छोरो मागिरहेछन्
गर्भ जाचाइ अस्पतालहरुमा
छोरो राखिरहेछन्
छोरी फालिरहेछन् ।
झुक्किएर जन्मिएका छोरीहरु
दूध र भात
नयाा लुगा र
निजीको पढाइ कल्पादै
भीरपाखामा
विरहका गीत गाउादै
मनको भारी बिसाउादै
डोको बोकेर डुलिरहेछन्
राम्रो जीवनको धोको लिएर डुलिरहेछन्
फिल्म चलिरहेछ
दर्शक हेरिरहेछन् ।
आधा आकाश र धरतीका हकदारहरु
बिनाशिक्षा
बिनासीप
मारे पाप
पाले पुण्य भन्दै
डोली चढाई अन्माइरहेछन्
फिल्म चलिरहेछ
दर्शक हेरिरहेछन् ।
यो कस्तो फिल्म हो ?
अचम्म लाग्छ
हेर्नुपर्नेका आाखामा पट्टी कसिएको छ
बोल्नुपर्नेका मुखमा बुझो कोचिएको छ
सुन्नुपर्नेका कानहरु थुनिएका छन्
प्रमाण जोगाउनुपर्नेले नष्ट गरिरहेछन्
दर्शकदीर्घाबाट हेरिरहेछु ।
११३ वर्षको आयु लिएर जन्मिएका
निर्मलाहरु
१३ वर्षमै निमोठिएका छन्
बिग्रिएको जिन हो कि सड्किएको दिमाग
नैतिक शिक्षा कमी हो वा जंक फुडको करामत
मद्यपानको देन हो कि फिल्महरुको योगदान
कमजोर शान्ति सुरक्षा हो वा शक्तिशालीहरुको खेल
दिनदिनै निर्मलाहरु
निमोठिएका खबर आइरहेछन् ।
जन्मन पनि नपाउने ?
हुर्कन पनि नपाउने ?
पढ्न र लेख्न नपाउने ?
बााच्न पनि नपाउने ?
आधा आकाश र धरतीका हकदारहरु
निर्मलाहरु
बालिका र किशोरीहरु
युवती र संगिनीहरु
दिदीबहिनीहरु
आमा र हजुरआमाहरु
मनभरि
प्रश्नैप्रश्न लिएर
फिल्म हेरिरहेछु ।

-सीताराम सिपखान

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?