पण्डित जगन्नाथ शर्माको जनै


काठमाडौँ — बरू हजार गााठो परेको थियो
चुाडिएको थिएन
पण्डित जगननाथ शर्माको जनै

भत्किादै गइरहेको थियो छेउ–कुना
फेदाङ्माले गाउादा मुन्धुमको लय
जब,
सामुन्ने प्रार्थनामा लीन थियो बाइबल
निहुरिादै–निहुरिादै आइपुग्यो
एक अग्लो नयाा अनुहार गुरूङटोल
तब निस्कियो बिर्खे गुरूङ डेबिड बनेर
दगुर्योएकजोरबिरानाखुट्टा– लिम्बुगाउातिर
तब खाम्बेक्सा लिम्बु ब, नि ग यो ब्रायन
उक्लिादै गयो एक अपरिचित खप्पर तामाङडााडा
तब उर्गेन तामाङ ओर्लियो पत्रुस बनेर
र झर्यो टल्किादै कुनै अन्जान पैताला वि।क।बस्ती
तब शान्ता वि।क। बनी गइन् मरियम
थान देवीथानसागै झोक्राएर
दिनदिनै खसिरहेको थियो– प्ररकृरति
पुजारीविहीन,
मन्दिरको घण्टबाट एकनासले बजिरहेको थियो सुनसान
रित्तो–रित्तो,
गुम्बाबाट लगातार घन्किरहेको थियो शून्यता
तब प्रत्येक औालाहरुलाई
च्यापेर उभिरहेको थियो बाइबल
शताब्दीयौंदेखि उस्तै थियो उस्तै
र उस्तै
करोडौा आस्थाहरुमाथि उक्लिएर
क्षितिजसम्म चम्किएको
सबै–सबैभन्दा अग्लो गजुर
हिाडिरहेको थियो
दुरूस्तै लयमा उस्तै
देवालयमुन्तिर रगतको डोब
र वर्णाश्रमको भर्याङमुनि
लडिरहेको थियो अछुत निधार
जहााबाट चुहिरहेको थियो पसिना
अनौठो–अनौठो अनेकौा गणितपछि
।।।।। वर्षपछि
अचम्म तर असजिलो तरिकाले
भट्याउादै उभिरहेका थिए, पण्डित जगन्नाथ शर्मा
भर्खरै भर्ना भएर बालक विद्यार्थीजस्तो
भुइामा बसेर
ध्यानपूर्वक सुनिरहेका थिए फेदाङ्मा
जब छेवैमा,
बिस्तारै–बिस्तारै
पल्टिादै–पल्टिादै आइरहेको थियो बाइबल
अनि पश्चिम आकाशमा टक्क डुबेर
फेरि उदाइरहेको थियो घाम
चुाडिएको थिएन
बरू हजार गााठो परेको थियो
पण्डित जगन्नाथ शर्माको जनै ।
