नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — हाम्रो देश नेपाल हो, नेपालमै जन्मिएको ।नेपाल सानो, राम्रो देश हिमाल भएको ।।

हाम्रो देश नेपाल हो, नेपालमै जन्मिएको ।
नेपाल सानो, राम्रो देश हिमाल भएको ।।

हिमाल, पहाड, तराई सबै नेपालमा नै छन् ।
ठूला ठूला नदी र अग्ला हिमाल’नि यहीं छन् ।।

कति राम्रो नेपाल देश भन्दै पर्यटक आउँछन् ।
नेपालभरि घुम्छन्, घुम्छन् अनि फर्कन्छन् ।।
सबै कुरा बुझेपछि धेरै खुसी हुन्छन् ।
सबैले नै हाम्रो नेपाल राम्रो भन्ने गर्छन् ।।
-विराज तिमिल्सिना, कक्षा–५
हिन्दू विद्यापीठ नेपाल, ललितपुर

प्रकाशित : वैशाख २, २०७५ १२:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सफलताको बाटो

कान्तिपुर संवाददाता

काठमाडौँ — आजको सुन्दर कोपिला भोलि फक्रन्छौँ,सधैं मिहिनेत गरेर सफलताको बाटो पक्रन्छौँ ।

आजको सुन्दर कोपिला भोलि फक्रन्छौँ,
सधैं मिहिनेत गरेर सफलताको बाटो पक्रन्छौँ ।
ज्ञानगुनका कुरा सिक्दै महान् बन्नेछौँ,
विस्तार विस्तार प्रगतिको बाटो खन्नेछाँै ।
लगनशील बनेर असल व्यक्ति हुनेछाँै,
राष्ट्रको सेवा गरेर चर्चाको शिखर छुनेछाँै ।
मीठो बोली शिष्टताको प्रदर्शन गर्नेछौँ,
सुन्दर देश नेपाललाई असल व्यक्तिले भर्नेछौँ ।
हिमाल पहाड तराई आपसमा मिल्नेछौँ,
देशको वैरी सबैलाई विषालु बनी खिल्नेछाँै।
दु:ख सुख घाम–छाया हो जीवनको रीत।
यसै साग मानवले लगानु पर्छ है मीत ।।

प्रकाशित : वैशाख २, २०७५ १२:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×