बिदाको सदुपयोग

काठमाडौँ — ठूलो जाँच सकिएर
स्कुल बिदा भयो
विद्यार्थी भई पढ्ने हाम्रो
थप अर्काे वर्ष गयो ।

वर्षभरि लेखपढ गरी

स्कुल बिदा भएपछि

रमाउँछौं परिवारसँग

आफ्नै घरमा बसी ।


रमाइला पुस्तक पढौं

घुमफिर गरांै, डुलौं

विगतमा नराम्रा केही

भए सबै भुलौं ।


हाँसीखेली रमाइलो साथ

बिताऔं बिदा, छाओस् हर्ष

बिदासँगै सुखद् बनोस्

सबको नयाँ वर्ष ।


कृष भट्टराई, कक्षा–६

काञ्जीरोवा नेसनल मावि, काठमाडौं


प्रकाशित : माघ १३, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?