मेरो मने

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — हेर्दा धेरै सानो लाग्छमेरो मने पाठोआँगनमा उफ्री खेल्नेऊ छ धेरै बाठो ।

घाँस–माम जे दिए नि

मीठो मानी खान्छ

खेल्दाखेल्दै घरीघरी

मेरो नाना तान्छ ।


घरी गोठमा घरी घरमा

पुग्ने उसको बानी

काखमा खेल्न आउँछ मेरो

आफ्नै मान्छे ठानी ।


स्कुल जाँदा सधैं मेरो

पछिपछि लाग्छ

हात देखाई लखेटेमा

घरतिर भाग्छ ।


ईशान ज्ञवाली, कक्षा–१

गोल्डेन फयुचर एकेडेमी, पोखरा

प्रकाशित : माघ १३, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

गुन्यूचोली

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — गुन्यूचोली लगाउँदाहर्षित हुन्छ मेरो मनपटुकीमा खुल्ने आहाकति सुन्दर पहिरन ?


तुना लगाई माथि चोली
तल गुन्यू लगाएर
यही पोसाकमा हिँड्छु म त
स्वसंस्कृति जगाएर ।

जे गर्दा’नि म त सधैं
गुन्यूचोली लाउँछु
नेपालीको यो पहिरनमा
राष्ट्रियता पाउँछु ।

मौलिक पहिरन हो हाम्रो यो
लोप हुँदै छ आजभोलि
साह्रै मनपर्छ मलाई
हाम्रै प्यारो गुन्यूचोली ।

कृतिका खनाल, कक्षा–७
भाग्योदय मावि, स्याङ्जा

प्रकाशित : माघ १३, २०७५ १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×