२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सुगाको गुरुमन्त्र

काठमाडौँ — एकादेशमा एउटा दयालु किसान बस्थ्यो । अर्को गाउँमा एउटा सिकारी पनि बस्थ्यो । त्यो सिकारी जंगलमा जान्थ्यो, जाल थाप्थ्यो र थुपै्र चराहरू जालमा पारेर माथ्र्यो । ती चरालाई मालाजस्तो पारेर सिलमा उनेर झुन्डयाउँदै त्यही किसानको घरको बाटो भएर आफ्नो घर जान्थ्यो ।

सुगाको गुरुमन्त्र

उता किसान भने बडो दु:खी हुन्थ्यो । ती निरीह र निर्दोष प्राणीले अनाहकमा त्यसरी ज्यान गुमाउनुपरेको देखेर उसलाई ती चराप्रति ज्यादै दया जागेर आउँथ्यो । तर पनि ऊ त्यो कुरालाई रोक्न भने सक्दैनथ्यो ।

एक दिन किसान त्यही कुरो मनमा खेलाउँदै अब कसरी यी चराहरूको रक्षा गर्ने होला भनेर गम्दै थियो । उसका मनमा अनेक तर्कना तँछाडमछाड गर्दै आउँदै थिए । त्यसै बेला झट्ट उसले आफ्नो बाल्यकालको कुरा सम्झियो । उसको घरमा एउटा पिँजडामा सुगा पालेको थियो । त्यो सुगा सधैं ‘गोपी कृष्ण कहो’ भन्थ्यो । त्यति मात्र होइन, उनीहरूले बोलेका कुरा पनि जस्ताको तस्तै भनिरहन्थ्यो ।

उसलाई एउटा राम्रो उपाय फुर्‍यो । सुगा त मान्छेजस्तै बोल्न जान्दछ । उसले जंगलमा गएर धुइँपत्ताल गरेर एउटा सुगाको बचेरो खोजेर ल्यायो । त्यो बचेरोलाई निकै मिहिनेत गरेर हुर्कायो र बोल्न सिकाउन थाल्यो । सुगाले पनि छिट्टै नै उसले सिकाएका कुरा सिक्यो । किसानले सुगालाई ‘जंगलमा सिकारी आउँछ । जाल बिछयाउँछ । चारो छर्छ । त्यहाँ जानु हुँदैन । गइयो भने मरिन्छ ।’ भनेर सिकायो । सुगा यो गुरुमन्त्र बारम्बार भनिरहन्थ्यो । सुगाले यसरी आफूले सिकाएको कुरा टपक्कै टिपेको देखेर किसान ज्यादै खुसी भयो । आफूले सोचेको काम पूरा हुने भयो भनेर किसान मक्ख पर्‍यो ।

अब किसान उसको योजनाअनुसार सुगालाई लिएर जंगलमा गयो र त्यसलाई जंगलमै छाडिदियो । केही समयपछि फेरि किसान जंगलमा गयो किनभने उसलाई सुगाले जानेको कुरा अरू साथीलाई सुनायो कि सुनाएन भन्ने चिन्ता थियो । जंगलमा पुग्दा नपुग्दै किसानले सुन्यो, सुगाहरू त उसले सिकाएको गुरुमन्त्र ‘जंगलमा सिकारी आउँछ । जाल बिछयाउँछ । चारो छर्छ । त्यहाँ जानु हुँदैन । गइयो भने मरिन्छ ।’ भनेर जंगलै थर्किने गरी गाउँदै पो रहेछन् । किसान अब ढुक्क भयो । सबै सुगाले थाहा पाएछन् । ‘अबचाहिँ

मारोस् त सिकारीले चरा १’ भन्ने सोचेर किसान दङ्ग पर्दै घर फक्र्यो । अर्को एक दिन सिकारीले चरा मार्न जाने विचार गर्‍यो र जाल काँधमा हालेर हातमा कनिकाको पोको लिएर त्यही किसानको घरको बाटो जंगलतिर लाग्यो । उसलाई जंगलतिर जाँदै गरेको किसानले देख्यो । किसानले मनमनै सोच्यो, ‘मार्लास् अब चरा, सबै चरा बाठा भैसके तँलाई के थाहा !’

सिकारी जंगलमा पुग्यो । त्यहाँ पुग्दा त अचम्म १ सुगाहरू त ‘जंगलमा सिकारी आउँछ, जाल बिछयाउँछ, चारो छर्छ, त्यहाँ जानु हुँदैन, गइयो भने मरिन्छ’ पो भनिरा’छन् बा १’ सिकारी अलमल्ल पर्‍यो । सुगाहरू बाठा भइसकेछन् । अब जाल बिछयाउनुको पनि के काम र ? भन्दै फर्कन लागेको थियो । उसलाई उसका बाबुले ‘आफूले गरेको काममा कहिलेकाहीँ असफल भइयो भने पनि काम गर्नचाहिँ नछोड्नु है छोरा १’ भनेको झट्ट सम्झियो । ‘आ १ परे पर्छन् नपरे पर्दैनन्, आफ्नो कामचाहिँ गर्नुपर्‍यो । सुगा नपरे पनि अरू चरा त पर्लान् नि १’ भन्नै सोच्दै भुइँमा कनिका छर्‍यो, जाल बिछयायो र एउटा रूखको फेदमा खुइय्या गर्दै पुर्पुरामा हात लगाएर टुसुक्क बस्यो । सुगाहरू रूखमा त्यही गुरुमन्त्र भनिरहेका थिए– ‘जंगलमा सिकारी आउँछ, जाल बिछयाउँछ...!’

सुगाहरूले भुइँमा कनिका छरेको देखे । त्यो देखेर उनीहरूका जिब्रामा सररररर पानी आयो । सुगाहरू गुरुमन्त्र ‘जंगलमा सिकारी आउँछ, जाल...’ भन्दै जाल भएतिरै हानिए ।

सुगाहरू गुरुमन्त्र भट्टयाउँदै भकाभकी जालमा परेको देखेर सिकारी मक्ख पर्‍यो र धमाधम जाल सोहोर्न थाल्यो । सबै सुगाहरूलाई जालमा गुटमुटयाएर काँधमा राख्यो र घरतिर लाग्यो ।

किसान आफ्नो करेसाबारीमा काम गर्दै थियो । परैबाट सुगाहरूले ‘जंगलमा सिकारी आउँछ, जाल बिछयाउँछ...१’ भनेको सुन्यो । उसले त्यतातिर हेर्‍यो । सिकारीले जालमा सुगाहरू गुटमुटयाएर काँधमा झुन्डयाएको थियो । सुगाहरू भने त्यही पोकोभित्रबाट कराइरहेका थिए– ‘जंगलमा सिकारी...१’ नबुझी रटेको मात्र कुरो के काम लाग्थ्यो र १ सुगाले कुरो बुझेको भए पो बाँच्थे त । किसान पनि छक्कै पर्‍यो अनि उसले थाहा पनि पायो– पढेर मात्र नहुँदो रहेछ, बुझ्नु पो पर्ने रहेछ !

-गंगाप्रसाद अधिकारी

प्रकाशित : माघ १४, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?