२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

अटिजममा 'सेन्सरी इस्यु' भनेको के हो र के गर्ने?

अटिजम भएका बालबालिकामा कुनै न कुनै सेन्सरी समस्या हुनसक्छ र त्यसको पहिचान पछि मात्रै ओटी (अकुपेसनल थेरापी) गर्नुपर्छ । समस्या पहिचानबिना नै गरिएका थेरापीले समस्या समाधान नहुने सम्भावना मात्र हैन कहिलेकाहीँ समस्या झन् बढाउन पनि सक्छ।

हामीसँग आँखा छ त्यसैले हामीले कुनैपनि वस्तु देखेपछि त्यो बारेमा बुझ्छौ सोच्छौँ वा धारणा राख्छौँ वा वेवास्ता पनि गर्छौं । कुनै पनि चिज देख्नासाथ आँखा, स्नायु हुँदै मस्तिष्कमा त्यो सूचना पुग्छ र उक्त सूचनालाई मस्तिष्कले दर्ता गराएर प्रतिक्रिया दिन्छ ।

अटिजममा 'सेन्सरी इस्यु' भनेको के हो र के गर्ने?

जस्तै उक्त वस्तुको आकार, प्रकार, रंग आदि । आँखाले देख्नेबित्तिकै दिमागले उक्त वस्तुबारे विभिन्न धारणा बनाउँछ र हामीलाई मार्गनिर्देश समेत गर्छ । यदि हामीले पानी भरिएको कपबाट वाफ आइरहेको देख्यौं भने त्यो तातो हुनसक्छ, त्यसलाई सावधानीपूर्वक समात्नुपर्छ भन्ने हामीलाई थाहा हुन्छ । उक्त कप नछोएरै पनि हामी त्यसको मूल्यांकन गर्न सक्छौं । यो प्रक्रियाया हामीलाई सामान्य लाग्छ । यसलाई सेन्सरी प्रोसेसिङ भनिन्छ । तर यो दिमागले फरक तरिकामा बुझ्यो भने, त्यसपछि दिने प्रतिक्रिया पनि फरक हुन्छ । सामान्य भन्दा फरक बुझाई हुनु नै सेन्सरी प्रोसेसिङको समस्या हो ।

हाम्रो ज्ञानेन्द्रीयले कुनै वस्तुका बारेमा मस्तिसकलाई सूचना दिने काम गर्छ । जे देख्यो त्यसको बारे सूचना, अवस्था, चेतना, धारणा हामीले बुझ्छौं। यी सूचनाहरु दिमाग वा मस्तिसकमा विभिन्न माध्यमबाट जान्छन ।

आँखाले दृस्य वा वस्तु देखेर, कानले आवाज वा ध्वनी सुनेर, नाकले गन्ध सुघेंर, जिब्रोले स्वाद लिएर, छालाले महसुस वा छोएर । यो बाहेक पनि हामी अरु दुई चिजको बारे पनि कुरा गरौं जसले मस्तिष्कलाई सूचना दिन्छ । एउटा भेस्टिबुलर सेन्सेसन जुन हाम्रो दुई कानको बिचमा भएको भेस्टिबुलर सिस्टमले दिन्छ यसले हामीलाई हाम्रो शरिरको चालको बारेमा बताउँछ । यसले हाम्रो शरीरलाई सन्तुलित राख्न पनि मद्दत गर्छ । हामी हिँडेको कुदेको वा सुतेको बारे यसले सूचना दिन्छ । त्यसैले त हामी आँखा चिम्ले पनि कसरी बसेका छौं वा के गरेका छौं थाहा हुन्छ । तर अर्को मान्छे के गर्दै छ त्यो थाहा हुन भने हामीले हेर्नै पर्छ । यो आफ्नो शरीको अवस्था बारे थाहा पाउने प्रणाली नै भेस्टीबुलर सिस्टम हो ।

त्यस्तै अर्को भनेको प्रोपरियोसेप्सन हो । जसले हाम्रो जोर्नी र शरीरको अवस्थाका बारेमा महत्त्वपूर्ण सूचना दिन्छ । हात खुटा सिधा छ, दोबरेर बसेको छ पनि थाहा पाउने यही प्रणाली हो र उभिँदा जोर्नीमा प्रेसर परेको पनि यसैले चाल पाउँछ । योभन्दा बाहेक इन्टेरोसेप्सन भन्ने पनि हुन्छ जसले भित्री अंगहरुको बारे पनि विभिन्न खाले सूचना दिन्छ ।

अत: यी सबै ज्ञानेन्द्रीयहरुबाट मस्तिष्कलाई प्राप्त हुने सूचना अनुसार नै हाम्रो शरीर चलायमान रहन्छ । सामान्य अवस्थामा यी सबैले आ-आफ्नो काम गरिरहन्छन् र मस्तिष्कमा सूचना प्रवाह भइरहन्छ । तर कुनै सेन्सरी समस्या भएमा मस्तिष्कले फरक ढंगबाट सूचना प्राप्त गर्छ र त्यसको प्रतिक्रिया पनि फरक किसिनयमको हुन जान्छ । यसमा सेन्सरी अंगको समस्या भने हुँदैन तर त्यो सूचनालाई मस्तिसकले लिने प्रक्रिया पछीको प्रतिकृयामा समस्या हुन्छ जुन फरक र बेग्लै देखिन सक्छ , जसलाई सेन्सरी प्रोसेसिनंग समस्या भनिन्छ ।

कान थुन्दा वा बन्द गर्दा , आवाज आएको ठाउँबाट पर जाँदा त्यो आवाज हामीलाई कम हुन्छ, अनि हामी सामान्य हुन्छौं । तर अटिजम भएका बालबालिकालाई कुनै आवाज जुन अरुलाई सामान्य लाग्न सक्छ उसले त्यो आवाजमा कान थुन्न सक्छ किनभने भने त्यो आवाज उसलाई ठूलो वा चर्को लागेको हुन सक्छ । किनकी त्यो आवाज उसको मस्तिष्कले चर्को हिसाबमा बुझ्छ र उसले कान थुन्छ । यो त उदाहरण मात्रै हो, सबै सेन्स अर्गानले मस्तिष्कलाई जुन मस्तिष्कको फरक बुझाई हो जुन वास्सविकमा त्यस्तो थिएन ।

सेन्सरी समस्या विभिन्न खाले हुन सक्छ । यो यसमा विशेष गरेर ' समस्या जसको कारणले बालबालिका उक्त क्रियाकलाप दोहोर्‍याइरहन्छ । त्यसलाई बन्द गर्न मान्दैनन् वा डराउँछन् ।

त्यसैले हामीले कुनै बच्चालाई अटिजम भएको पुष्टि भएपछि उसमा भएको सेन्सरी समस्याहरु पत्ता लगाएर मात्रै अकुपेसनल थेरापी सुरु गर्नुपर्छ । सेन्सरी समस्याहरुका लागि अकुपेसनल थेरापी गराइन्छ । अटिजम बालबालिकाको सेन्सरी समस्या फरक हुन सक्छन् । त्यसैले सबैलाई नबुझी एउटै खाले थेरापी गरे त्यसले काम गर्दैन । सेन्सरी समस्या पहिचानपछि त्यसका लागी आवस्यक क्रियाकलाप मात्रै गर्नुपर्छ । बालबालिकालाई खेलाउँदै र उसँग खेल्दै पनि यो गर्न सकिन्छ । अहिले फ्लोरटाइमको माध्यमबाट सबै थेरापी गरिन्छ र यो प्रभावकारी पनि देखिएको छ ।

अटिजम भएका बालबालिकामा कुनै न कुनै सेन्सरी समस्या हुनसक्छ र त्यसको पहिचान पछि मात्रै ओटी (अकुपेसनल थेरापी) गर्नुपर्छ । समस्या पहिचानबिना नै गरिएका थेरापीले समस्या समाधान नहुने सम्भावना मात्र हैन कहिले काही समस्या झन् बढाउन पनि सक्छ। बालबालिकामा आएको सुधार हेर्न र बुझ्नको लागि पनि सेन्सरी समस्याको मूल्यांकन गर्न जरुरी हुन्छ । यी सबै बुझेर अभिभावकले घरमै पनि थेरापी गर्नुपर्छ । घरमा र स्कुलमा गतिविधि र क्रियाकलाप नगराए थेरापी प्रभावकारी हुँदैन त्यसैले नै पछिल्लो समय अटिजम भएका अभिभावकहरुको सशक्तिकरण र तालिममा विशेष जोड दिइन्छ ।थेरापीका विज्ञहरुसँग र चिकित्सकहरुसँग परामर्श गरी दिनहुँ घरमा थेरापी गर्दा सुधार बढी भएको पाइएको छ ।

लेखक बाल विशेषज्ञ फिजियोथेरापिस्ट

प्रकाशित : माघ ७, २०८० ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?