हरेक वर्ष अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसको रुपमा मनाइन्छ । पश्चिमी मुलुकहरुमा अटिजमबारे धेरै अभियान हुने भएता पनि नेपालमा यसको पहिचान र सम्बोधन हुन सुरु भएको धेरै भएको छैन ।
हामी अभिभावक आफ्नो बच्चाले 'जोनी जोनी एस पापा इटिङ सुगर नो पापा' गाउँदै गर्दा खुसी भएको पक्कै देखेका छौं । तर, यो परिवेश सायद गाउँघरमाभन्दा सहरी क्षेत्र अथवा मोबाइल र इन्टरनेटको पहुँच भएको स्थानमा बढी छ ।
बालबालिकाहरुमा देखिने व्यवहार तथा संचारको समस्यालाई ‘अटिजम’ भनिन्छ । यो समस्या पहिचान भएका बालबालिकाहरुमा विभिन्न किसिमका व्यवहार, आनीबानी तथा संचारमा समस्याहरु हुन सक्छन् तर यी सबै समस्याहरु हरेक बालबालिकाहरुमा एकै खालका नहुन सक्छ ।