रुचिको विषय किन ?

पाठयक्रमप्रति विद्यार्थीको रूचि, उसको पठनपाठनमा क्षमता, उत्कृष्ट नतिजा तथा व्यावसायिक कार्य र दक्षतामा अभिरूचि परीक्षणको महफ्वपूर्ण भूमिका हुन्छ । त्यसका लागि विद्यार्थीका अभिभावक वा विद्यालयमा तहमा अध्यापन गराएका शिक्षकको सहयोगमा पनि गरेका छन् ।
बुद्धिसागर मरासिनी

काठमाडौँ — हरेक विषयवस्तुको अध्ययन गर्न सबै विद्यार्थीले रुचि देखाउँदैनन्, सबै योग्य पनि हुँदैनन् । त्यसैले व्यक्तिगत रुचि, क्षमता र सीपका आधारमा कुनै पनि विद्यार्थी निश्चित विषय अध्ययन गर्न उपयुक्त छ वा छैन भनेर गरिने स्तरीय परीक्षण नै अभिरुचि परीक्षण (एप्टिच्युड टेस्ट) हो ।

ZenTravel

नेपालमा स्नातक तह अध्ययन, अध्यापन गराउने अधिकांश शिक्षण संस्थाहरूमा भने औपचारिक रूपमा यस्तो टेस्ट लिने गरिँदैन । केही विषय अध्ययनका लागि भने परामर्श वा भर्नाका समयमा अनौपचारिक रूपमा केही कुराकानी हुने गरेका छन् । जस्तै : होटल म्यानेजमेन्ट, टाभल एन्ड टुरिजम, आईटीलगायतका विषय अध्ययन गर्नुअघि विद्यार्थीको रुचिका विषयमा केही प्रश्न सोधिने गरेको छ । तर, धेरै विद्यार्थी भर्ना लिने तथा सिट संख्याअनुसार विद्यार्थी जम्मा पार्नुपर्ने भएकाले त्यो खासै प्रभावकारी हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आर्किटेक्चरल इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने विद्यार्थीका हकमा भने केही प्रश्न व्यक्तिगत अभिरुचिसँग सम्बन्धित राख्ने गरिएको छ ।


विदेशका विश्वविद्यालयहरूमा पनि औपचारिक रूपमा सबै विषयमा विद्यार्थीको अभिरुचि परीक्षण भने गरिँदैन । विद्यार्थीहरू स्नातक वा विश्वविद्यालय तहसम्म आइपुग्दा उनीहरूले आफ्नो रुचिको विषय पहिले नै पहिचान गरिसकेका हुन्छन् । अर्थात् शिक्षाका क्षेत्रमा विकासशील देशमा त्यस्तो परीक्षण विद्यालयस्तरमै हुने गरेका छन् । त्यसकारण विश्वविद्यालयस्तरमा विषयप्रति विद्यार्थीको रुचि नुहने सम्भावन हुँदैन । नर्वेबाट स्नातकोत्तर तथा बेलायतको डर्हम विश्वविद्यालयबाट पीएचडी गरेर फर्केका विष्णु शर्मा नेपालले विदेशमा विद्यालय तहदेखि नै विद्यार्थीको क्षमता तथा रुचि पहिचान गरिने भएकाले स्नातक तहमा त्यस्तो आवश्यक नहुने जनाउँछन् । नेपालले आफू पनि विश्वविद्यालयस्तरमा प्रवेश गरेकाले अभिरुचि परीक्षण नगरिएको बताए । तर, नेपालमा त्यस्तो अभ्यास विरलै हुने भएकाले अभिरुचि परीक्षण आवश्यक हुने उनको तर्क छ । नेपालमा कपियत अवस्थामा आमाबाबु वा घरपरिवारको दबाबमा अध्ययनको विषय छनोट गर्नुपर्ने बाध्यताका कारण पनि स्नातक तहमा अभिरुचि परीक्षण बाध्यकारी बनाउन आवश्यक हुन्छ । नेपाल भन्छन्, ‘खासगरी डाक्टर, नर्स तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने वा व्यक्तिगत रुचिका कारण सेवा प्रभावित हुने क्षेत्रका विषयमा भने अभिरुचि परीक्षण अनिवार्य नै गर्नुपर्छ ।’


नेपालमा अभिरुचि परीक्षणको व्यवस्था नभएकाले पठनपाठनमा समेत समस्या हुनेगरेको देखिन्छ । काठमाडौंको डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेसनल कजेजका प्रिन्सिपल निर्मल अधिकारी शिक्षा नीतिका कारण आफ्नो संस्थामा वास्तविक अभिरुचि परीक्षण गर्न नसकेको बताउँछन् ।


उनी भन्छन्, ‘विश्वविद्यालयले नै त्यस्तो व्यवस्था गरे विद्यार्थीले अन्धाधुन्द अध्ययन गर्ने प्रवृत्ति अन्त्य हुन्थ्यो ।’ अधिकारीले विद्यार्थीको क्षमता र रुचि पहिचान गर्न नेपालमा अभिरुचि परीक्षण अत्यावश्यक भएको बताए ।


उनले विद्यार्थीको वास्तविक अभिरुचि परीक्षण गर्ने औजारहरूको विकास गर्न विश्वविद्यालयले शैक्षिक संस्थासँगको सल्लाहमा नीति निर्माण गर्नुपर्ने धारणा राखे । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन विद्यार्थीको अभिरुचि तथा क्षमता परीक्षण नहुँदा कतिपय विद्यार्थीले पढाइ पूरा नगर्ने समस्या पनि देखिएको बताउछन् ।


उनले आफ्नो शैक्षिक संस्थाले अन्तर्वार्ताका क्रममा विद्यार्थीलाई अनौपचारिक रूपमा अभिरुचि परीक्षण गर्दै आएको भए पनि विश्वविद्यालयले नै बाध्यकारी बनाउनुपर्ने धारणा राख्छन् । महर्जन भन्छन्, ‘विश्वविद्यालयले लिने प्रवेश परीक्षामा नै विद्यार्थीको वास्तविक अभिरुचि र क्षमता परीक्षण र पहिचान गर्न सके अझ राम्रो जनशक्ति उत्पादन हुन्छ ।’ उनका अनुसार विद्यार्थी आफैं पनि कसैको दबाब वा लहलहैमा नलागी अभिरुचिको विषय छनोट गरी अध्ययन गर्नुपर्नेमा सर्तक हुनुपर्ने बताउँछन् । अभिरुचि परीक्षण व्यवस्था नभएकाले उत्पादित जनशक्तिको कार्यक्षमतासमेत प्रभावकारी हुन नसकेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । शिक्षाविद् डाक्टर मनप्रसाद वाग्ले भन्छन्, ‘अभिरुचि परीक्षणको व्यवस्था नहुनु नै हाम्रो शिक्षा नीतिको कमजोरी हो ।’ विद्यार्थीको क्षमतासँगसँगै उसको अभिरुचि पनि अनिवार्य रूपमा परीक्षण गर्नुपर्ने बाध्यकारी नियम ल्याउनुपर्ने उनको सुझाव छ ।


त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर तीर्थ खनियाले विदेशमा जस्तो विद्यार्थीको क्षमता पहिचान गरी उसलाई उक्त क्षेत्रमा प्रेरित गर्दै लैजाने कार्यको समेत विकास गर्नुपर्ने बताउँछन् ।


‘दस वर्षसम्म विद्यालयमा पढाएको शिक्षक वा उसको आमाबाबु जति अरू कसैलाई पनि विद्यार्थीको क्षमता र रुचि थाहा हुँदैन ।’ उनी भन्छन्, ‘तर विडम्बना त्यही आमाबाबु आफ्नो बच्चालाई जबर्जस्ती डाक्टर वा इन्जिनियर बनाउन लागि पर्छन् ।’ उनले विद्यार्थीको रुचि पहिचान गरी उसलाई विद्यालयस्तरबाटै क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । शैक्षिक संस्थाले उच्चस्तरीय एवं व्यावसायिक व्यक्ति उत्पादनका लागि फेसनका रूपमा विषय छनोट गरिने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक भएको खनियाको भनाइ छ । ‘त्यसका लागि सबै विषयको महत्त्व बुझाउन भने सक्नुपर्छ,’ उनी भन्छन्, ‘शिक्षाको सन्तुलित विकास नै विद्यार्थीहरूको आफ्नो रुचिको विषय पढ्न पनि हिच्किचाउँदैनन् ।’ त्यसैले हाम्रो शिक्षा नीतिमा केही सुधार गरी पाठ्यक्रमअनुसार विद्यार्थीको अभिरुचि तथा क्षमता परीक्षणपश्चात् मात्र विद्यार्थी भर्ना लिने पद्धति बसाउन अत्यन्त जरुरी छ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हस्पिटालिटीमा ह्वात्तै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकार सन् २०२० मा नेपाल भम्रण वर्ष मनाउने तयारीमा छ । अबको दुई वर्षपछि मनाइने भ्रमणवर्षको उद्देश्य नेपालमा २० लाख पर्यटक ल्याउने हो । अहिलेसम्म सर्वाधिक पर्यटक नेपाल आउनेमा १० लाख हाराहारी मात्रै पुगेको छ । अहिले आइरहेको पर्यटक संख्या दोब्बर बनाउँदा सबैभन्दा पहिले आवश्यक पर्ने दुइटा पूर्वाधार हुन विमानस्थल र होटल । अर्थात् अहिले चलिरहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट २० लाख पर्यटकको आगमन असम्भव छ भने अहिले भइरहेका होटलले २० लाख पर्यटक धान्न सक्दैनन् ।

अब कुरा गरौं पर्यटकीय स्तरीय होटलको । काठमाडौंमा अब ५ वटा नयाँ पाँचतारे होटल थपिँदै छन् । अहिले देशभर कम्तीमा १२५ स्टार होटल, स्टार होटलबाहेक पर्यटकस्तरीय होटल, लज, रिसोर्ट ३० हजार हाराहारी छन् । यी सबैको बेड (शय्या) जोड्दा ५० हजार हाराहारी पुग्छ । तर, २० लाख पर्यटक ल्याउन अहिलेकै पूर्वाधार दोब्बर चाहिन्छ । यति मात्रै होटल, टुर, ट्राभलमा स्नातक र उच्च शिक्षा अध्ययन गर्ने जनशक्ति पनि दोब्बर चाहिन्छ । त्यसैले होला अहिले काठमाडौंमा तीन दर्जनभन्दा बढी कलेजमा होटल व्यवस्थापन विषयको अध्ययन भइरहेको छ ।


होटल व्यवस्थापन होटलका लागि मात्रै होइन एयरलाइन्स र क्रुजका लागि पनि आवश्यक पर्ने विषय हो । नेपालमा वार्षिक १ हजार ५ सय हाराहारी विद्यार्थी बीएचएम पासआउट हुन्छन् । यीमध्ये आधा हाराहारी नेपालबाहिर पुग्छन् । नेपाली विद्यार्थी अहिले विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स र क्रुजमा पनि अवसर खोज्दै गइरहेका छन् । सरकारले आफ्नो मातहतको सरकारी कलेज नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई मानित विश्वविद्यालयमा स्तरोन्नति गर्दै छ ।


विश्वभर अबको १० वर्षमा करिब ४४ प्रतिशतका दरले होटल व्यवस्थापन उद्योगको विकास हुने प्रक्षेपण गरेको छ । नेपालमा पनि कम्तीमा डेढ करोडदेखि ५ करोड रुपैयाँसम्म लगानीमा ३० भन्दा बढी होटल व्यवस्थापन कलेज खुलेका छन् ।


अहिले नेपालमा काठमाडौं विश्वविद्यालय, त्रिवि, पूर्वाञ्चल र पोखरासँग सम्बन्धन प्राप्त गरेका कलेज छन् । लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयले पनि सम्बन्धन दिन थालेको छ । नेपालका विश्वविद्यालयसँगै अस्ट्रिया, बेलायत, स्विजरल्यान्ड, मलेसियालगायत मुलुकका विश्वविद्यालयबाट पनि सम्बन्धन प्राप्त गरेका कलेजले होटल व्यवस्थापन अध्यापन गराउँदै आएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×