'मनसरा'को ट्रेलर सार्वजनिक
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म 'मनसरा'को ट्रेलर सार्वजनिक भएको छ । 'जारी'बाट निर्देशनमा डेब्यू गरेका सुब्बा निर्देशित फिल्मको यो ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको देखिएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
!['मनसरा'को ट्रेलर सार्वजनिक](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/-1842024090541-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
ट्रेलरले लिम्बू र ब्राम्हण समुदायका पात्रहरूबीचको विवाहेत्तर सम्बन्ध देखाएको छ । यी दुई वास्तवमै विवाहेत्तर सम्बन्धमा गाँसिन्छन् त ? त्यो हेर्न भने वैशाख नै कुर्नुपर्छ । शैलेन्द्र कार्कीले खिचेको यो फिल्म वैशाख २१ मा प्रदर्शनमा आउँदैछ ।
फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बू र सुशान्त गौतमको संगीत छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया