नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव हुने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — 'बालबालिकाका लागि चलचित्र' अभियानका साथ स्थापना भएको 'एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसीएफ नेपाल)ले 'नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव' घोषणा गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव हुने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/nepal-international-childrens-film-festival-2024-logo-release-1842024083010-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल-लाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न सार्वजनिक गर्दै महोत्सव घोषणा गरेका हुन् । ८ वर्षीय कलाकार प्रसन राई नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'का कलाकार हुन् ।
यो महोत्सव आगामी मंसिर ५ -१४ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय बालदिवसको दिन महोत्सवको उद्घान हुनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल-चलचित्र प्रदर्शन गरिनेछन् । १८ वर्षभन्दा मुनिका फिल्मकर्मीले महोत्सवमा आफ्नो फिल्म प्रतिस्पर्धा गराउन पाउनेछन् । त्यस्तै विभिन्न सरोकारवालासँगको छलफल, बालबालिकासम्बन्धी कला, बाल पुस्तक प्रदर्शनीसमेत हुनेछ ।
एसिएफ नेपाल 'बालबालिकाका लागि चलचित्र'को वातावरण सिर्जना गर्ने लक्ष्यसहित ०६९ मा स्थापना भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)