'एक मुठ्ठी बादल'को छायांकन सम्पन्न
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — साहारा शर्माको निर्देशनमा फिल्म 'एक मुठ्ठी बादल'को छायांकन सम्पन्न भएको छ । बहुसंख्यक महिला महिलाहरुको सहभागितामा निर्माण भएको फिल्मको छायांकन २२ दिनमा सकिएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
!['एक मुठ्ठी बादल'को छायांकन सम्पन्न](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/p7a2978-copy-1442024114024-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
नारी दिवको दिनदेखि छायांकन सुरु भएको यो फिल्मलाई पोखराका लामाचौर र आसपासका ठाउँमा सिनिमेटोग्राफर लिन ड्यानले खिचेकी हुन् । भियतनामकी ड्यानको यो तेश्रो फिचर हो भने, एक मुठ्ठी बादल पहिलो नेपाली फिल्म हो । त्यस्तै, प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् ।
फिल्ममा पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन् भने मेकअप कीर्ति जोशीले गरेकी हुन् । निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका फिल्मलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुत्त रुपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा महिला कलाकारलाई नै प्रमुख भूमिकामा देखिँदैछिन् ।
पर्दा पछाडि मात्रै नभइ पर्दामै देखिने कलाकारमा पनि महिलाको उपस्थिति उलेख्य छ । फिल्ममा अभिनेत्री आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारीको अभिनय छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)