कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

महजात्राका लागि मदनकृष्ण तथा हरिवंश अस्ट्रेलियामा

अस्ट्रेलिया तथा न्युजिल्याण्डका ७ शहरमा कार्यक्रम
नारायण खड्का

अस्ट्रेलिया — कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसहित करिब आधा दर्जन कलाकारको टोली अस्ट्रेलिया तथा न्युजिल्याण्डमा आयोजना हुन लागेको महजात्रा कार्यक्रमका लागि पश्चिम अस्ट्रेलिया आइपुगेका छन् ।

महजात्राका लागि मदनकृष्ण तथा हरिवंश अस्ट्रेलियामा

श्रेष्ठ र आचार्यसँगै टोलीमा किरण केसी, नरेन्द्र कंसाकार, गायिका कुन्ती मोक्तान, शिला बहादुर मोक्तान तथा आचार्यकी श्रीमती रमिला आचार्य छन् । महजोडी सहितको टोली करिब १ दशकपछि अस्ट्रेलियामा महजात्रा मार्फत देखिन लागेका हुन् ।

मेलबर्नमा रहेको संस्था सोलाञ्चरको आयोजनामा हुने महजात्रा अस्ट्रेलियाको पर्थबाट सुरु हुँदैछ । पर्थका साथै सिड्नी, मेलबर्न, एडिलेड, क्यानबेरा तथा न्युजिल्याण्डको अकल्याण्ड र क्राइष्टचर्चमा आयोजना हुनेछ ।

महजोडी सहितका सबै कलाकार पश्चिम अस्ट्रेलियाको पर्थमा शनिबार साँझ आयोजना हुने कार्यक्रमका लागि शुक्रबार पर्थ पाइपुगेका हुन् । अनेसास पर्थले आयोजना गरेको उक्त कार्यक्रम ओक्टागन थिएटरमा हुनेछ । कार्यक्रममा नेपाली तथा अन्यु मुलका सहित ५ सय बढी दर्शकले सहभागिता जनाउने आयोजकले बताएको छ ।

सोलाञ्चरले जनाए अनुसार पर्थपछि महजात्रा २९ मे मा क्यानबेरामा आयोजना हुदैछ भने सिड्नी, एडिलेड र मेलबर्नमा क्रमस जुनको २, ७ र ८ तारिखमा हुनेछ । आयोजकका अनुसार अस्ट्रेलियाको सबै कार्यक्रम सकेर अकल्याण्डमा तथा क्राईष्टचर्चमा १५ र २२ जुनमा आयोजना हुने कार्यक्रमका लागि महजोडी सहितको टोली न्युजिल्याण्ड जानेछ ।

कार्यक्रमका लागि पर्थ आइपुगेका कलाकारको टोलीलाई अनेसास पर्थका पदाधिकारीले स्वागत गरेका थिए । उक्त अवसरमा कलाकारले अस्ट्रेलियामा लामो समयपछि महजात्रा सहित आउन पाउँदा खुसी लागेको बताए । उनीहरुले अस्ट्रेलियामा रहेका कलाप्रेमीले आफुहरु माया गरेकोप्रति धन्यवाद समेत दिएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८१ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?