१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपाली महासंघ मुम्बईमा नयाँ नेतृत्व 

नयाँ दिल्ली — संयुक्त नेपाली महासंघ मुम्बईको नयाँ अध्यक्षमा युवराज न्यौपाने चुनिएका छन् । उक्त संस्था मुम्बईमा विभिन्न पेसा व्यवसायमा रहेका नेपालीहरुले चलाएको पुरानो मध्येको हो । 

नेपाली महासंघ मुम्बईमा नयाँ नेतृत्व 

दुई वर्षीय कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमशः रवि भट्टराई र सीता काफ्ले छन् ।

त्यस्तै, महासचिवमा विष्णु काफ्ले, सह महासचिवमा भीमराज गैरे, संगठन सचिवमा चन्द्र सिंह, अर्थ सचिवमा प्रेम बैक र कोषाध्यक्षमा राज रावल चुनिएका छन् ।

शिक्षा र संस्कृति विभागमा क्रमशः मेखा चौहान र बैजन्ती रावल आएका छन् । महासंघले मुम्बईमा सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । कार्यसमिति निर्विरोध चयन भएको महासंघका पूर्व अध्यक्ष भरत रावलले जानकारी दिए ।

प्रकाशित : चैत्र २४, २०८० १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?