हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट र एनआरएनएबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ — हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद्हरुबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
रेमिट्यान्सको रकम नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने सम्भावनाको खोजी गर्ने उद्देश्यसहित हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूबीच समझदारीपत्रमा हस्ताक्षार भएको हो।
कम्पनीले रेसमट हाईड्रोको अवधारणा अनुरुप अघि बढाएका ताप्लेजुङ जिल्लामा रहेका ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको शेयर लगानीमा कम्पनीको प्रतिबद्दता अनुरुप बैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने समझदारी भएकाे हाे ।
निर्माणको चरणमा जान लागेका यी दुई आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूको लागि छुट्याउने भएको छ।
प्रकाशित : वैशाख १७, २०८१ २०:२४