कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सम्पत्ति शुद्धीकरण मुद्दा : गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड जरिवाना

काठमाडौँ — विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दा : गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड जरिवाना

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई आइतबार १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुनेगरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको हो ।

न्यौपाने जेष्ठ नागरिक भएको कारण देखाउँदै विशेषले ठहर भएको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरी एक वर्ष मात्र कायम हुने पनि आदेश गरेको छ ।

अध्यक्ष न्यौपानेले उक्त कम्पनीको सेयर पदमा बहाल रहँदाकै बखत ०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद बिक्री गरेको र उनले धितोपत्रसम्बन्धी ऐन ०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित : वैशाख २, २०८१ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?